काठमाडौं, २८ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छाप सम्बन्धी संविधान संसोधन विधेयक खारेजको माग गर्दै बुधवार संसद सचिवालयमा संसोधन विधेयक दर्ता गराएकी थिइन् ।
बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी बिधेयकमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर सांसद गिरीले भने पार्टीसँग अनुमति नलिई एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले सो प्रस्ताव फिर्ता नलिए सरिता गिरीलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
यसअघि जसपाका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले सरिता गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग होइन भन्दै दिएका अभिब्यक्तिलाई आधार मानी उनलाई कारबाही गर्ने प्रस्ताव पार्टीमा राखेता पनि उनलाई कारबाही भएको थिएन । तर बुधबार उनले नेपालको नक्सामा निशानछाप फेर्ने बिधेयकको पक्षमा सिंगो संसद एक ढिक्का भएको अवस्थामा उनले बुधबार संशोधन प्रस्ताव ल्याएपछि जसपाले उनलाई फिर्ता लिन निर्देशन दिएको हो । उनले फिर्ता नलिए कारबााही गर्ने जसपाले भनिसकेको छ ।

चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend