काठमाडौं, २८ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छाप सम्बन्धी संविधान संसोधन विधेयक खारेजको माग गर्दै बुधवार संसद सचिवालयमा संसोधन विधेयक दर्ता गराएकी थिइन् ।
बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी बिधेयकमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर सांसद गिरीले भने पार्टीसँग अनुमति नलिई एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले सो प्रस्ताव फिर्ता नलिए सरिता गिरीलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
यसअघि जसपाका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले सरिता गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग होइन भन्दै दिएका अभिब्यक्तिलाई आधार मानी उनलाई कारबाही गर्ने प्रस्ताव पार्टीमा राखेता पनि उनलाई कारबाही भएको थिएन । तर बुधबार उनले नेपालको नक्सामा निशानछाप फेर्ने बिधेयकको पक्षमा सिंगो संसद एक ढिक्का भएको अवस्थामा उनले बुधबार संशोधन प्रस्ताव ल्याएपछि जसपाले उनलाई फिर्ता लिन निर्देशन दिएको हो । उनले फिर्ता नलिए कारबााही गर्ने जसपाले भनिसकेको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend