Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • अर्थमन्त्रीमाथि भ्रष्टाचारकाे आरोप, संसदमै मागियाे राजीनामा


    मंगलबार, जेष्ठ २७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २७ जेठ । संसदमा अर्थमन्त्री डा।युवराज खतिवडामाथि नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ। बिद्युतीय सवारी साधन र चकलेट आयातमा नीतिगत भ्रष्टाचार गरेको भन्दै उनको संसदमै राजिनामा समेत माग गरिएको छ।

    नेमकिपाका सांसद प्रेम सुवालले उनको राजिनामा माग गरेका हुन् । नेकपाकै केही सांसदहरुले समेत खतिवडाको आलोचना गरेका छन् । भिम रावल, नवीना लामा लगायतले समेत समेत केही दिनअघि खतिवडाको चर्को आलोचना गरेका थिए ।
    बिशाल ग्रुपलाई फाइदा हुने गरी भन्सार दररेटमा बजेटमा हेरफेर गरेको आरोप मन्त्री खतिवडालाई छ । जवाफमा अर्थमन्त्री खतिवडाले बिद्युतीय गाडीमा लगाइएको करबारे छलफल गर्न सकिने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार