काठमाडौं, २७ जेठ । रुपन्देहीमा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता छविलाल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले हत्याको निष्पक्ष छानबिन गर्न माग गरेका थिए । उनले भने, अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् । छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्दछु ।’सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताए ।
उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् । प्रहरीका अनुसार रुपन्देहीमा भएको हत्याकाण्डमा संलग्नको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेका छन् ।नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend