काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि आइसोलेसनमा बसेका छन् । आइतबारदेखि उनलाई ज्वरो र घाँटीमा समस्या देखिएपछि उनी आइसोलेसनमा बसेका हुन् ।
आइतबार साँझ प्रेस कन्फ्रेन्स गरेरै उनले आफूलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएकाले आइसोलेसनमा बसेको जानकारी दिएका हुन् । उनले दिल्लीका सरकारी वा प्राइभेट अस्पतालमा दिल्लीका जनता नै उपचार गराउन सक्छन् भनेका थिए ।
कोरोना रोकथामका लागि उनी निरन्तर बैठक र अस्पतालको अनुगमन र निरीक्षण गर्दैआएका थिए । त्यसक्रममा उनलाई नै कोरोनाको लक्षण देखिएको छ ।
मंगलबार केजरीवालको कोरोना परीक्षण हुने बताइएको छ । केजरीवाललाई पहिलेदेखि नै सुगर(डायबेटिज) छ । मंगलबार स्वाब टेष्ट गरेर रिपोर्ट आएपछिमात्रै उनमा कोरोना भए नभएको पुष्टि हुनेछ । दिल्लीमा गर्मी, बर्षाका कारण ज्वरो र भाइरलको समस्या आइरहेको छ । उनको कोरोना टेष्टको रिपोर्ट आएपछि मात्रै पुष्टि हुने बताइएको छ । दिल्लीमा कोरोना ब्यापक भइरहेको छ । भारतमा कोरोना संक्रमण ब्यापक फैलिरहेको भए पनि त्यहाँ लकडाउन विस्तारै खुकुलो बनाउँदै आन्तरिक उडानदेखि मन्दिर, मस्जिद जस्ता धार्मिक स्थल पनि खुल्न थालेका छन् । एजेन्सी
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend