धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् । आफुले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सन्जालबाट पार्टीविरुद्धका गतिबिधी पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खाजेको उनकाे आरोप छ । तर, अब कसैले चाहेर पनि एमालेमा विवाद हुन नसक्ने उनकाे भनाइ छ ।
‘फोन गरेर प्रदेश स्तरिय बैठकमा आउन आग्रह गर्दा आउँदैन भन्ने रावलले सामाजिक सन्जालकाे दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्,’ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भने, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्ताे मानसिकता त्यागे हुन्छ ।’ उनले एमाले २ जेठ २०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताए । रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नु पर्छ भन्ने माग राख्नु भएको छ,’ उनले भने, ‘त्यो सम्भव छैन, सबै मिलेर गए कुनै समस्या हुँदैन ।’
उनले सामाजिक सन्जालमार्फत नभई बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गरेका छन् । एमाले लाेकतान्त्रिक पार्टी भएको र बैठकमा सबैले आफ्ना धारणा राखन पाउने उनले बताए । ‘तर, पार्टीका गतिविधि मान्दैन भन्ने अनि सामाजिक सन्जालमा नाना थरी लेख्ने काम राम्रो हैन्,’ उनले भने,‘त्यो पार्टिी विरोधी गतिविधि हो ।’
एमाले उपाध्यक्ष रावलले मंगलबार विहान ट्विवट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । उनले धनगढीमा बसेको बैठक प्रदेश स्तरिय नभई गुटको भेला भएको आरोप लगाएका थिए ।
बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायतकाे उपस्थिति छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend