Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पार्टी काममा फर्किए


    सोमबार, कार्तिक २२ २०७८
    2.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल लामाे समय पछि पार्टीकाे काममा फर्किएका छन् ।

    खनाल आज पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भई  विदेश विभागको पहिलो बैठकमा सहभागी भएका हुन् ।

    स्वास्थ्य उपचारपछि पार्टीकाे काममा फर्किएका खनालले विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल समेत गरेका छन् ।

    उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी पनि लिएका छन् । 

    गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा घरमै आराम गरेर बसेका उनी आज देखि काममा फर्किएका हुन् ।

    उनी अब नियमित रुपमा कार्यालयमा उपस्थित भएर पार्टीकाेआन्तरिक गतिविधिमा सहभागी हुने स्राेतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार