Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्गो व्यवसायी मनोजअधिकारी बलात्कार आरोपमा पक्राउ


    सोमबार, कार्तिक २२ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ गरेकाे छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।

    ‘उनीमाथि १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोग छ’ सिंहले भने, ‘जिल्ला अदालत, काठमाडौंबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

    प्रहरीका अनुसार अधिकारीले ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार