Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा प्रहरीले हाने आफ्नै साथीहरूमाथि गोली, ४ जनाको मृत्यु


    सोमबार, कार्तिक २२ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एन्जेसी । भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली हानेका छन्।

    हिन्दुस्तान टाइम्सका अनुसार सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके-४७ राइफलबाट गोली चलेको थियो। यो ठाउँ प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा छ।

    गोली लागेर चार जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    आफ्नै साथीहरूमाथि गोली बर्साउने प्रहरीलाई हिरासतमा लिइएको छ। उनले किन गोली हानेका हुन् भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार