Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्दिबासमा मोटरसाइकल र सुमो ठाेक्किँदा माेटरसाइकल चालकको मृत्यु


    शुक्रबार, कार्तिक १९ २०७८
    430
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कात्तिक । महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा माेटरसाइकल चालकको मृत्यु भएको छ ।

     बर्दिवास -३  स्थित कारेभोगटे पुल नजिकै  सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५  का सुन्धिर मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।  थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार