Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चीनको अन्तरिक्ष यान चन्द्रमामा प्रवेश


    शुक्रबार, कार्तिक १९ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज ५ नोभेम्बर। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

    चाङ १ चन्द्रमाको कक्षमा प्रवेश
    चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा  पहिलो पटक पृथ्वीमा तस्विर पठाएको थियो ।  

    अमेरिकी सिरियल किलरको स्वीकारोक्ती
    सन् २००३ मा अमेरिकाका कुख्यात सिरियल किलर ग्रे रिडग्वेले सन् १९८० र १९९० को दशकमा भएका शृंखलाबद्ध आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए । उनले कम्तिमा ४९ महिलाको हत्या गरेका थिए । 

    क्यानडाका प्रधामन्त्रीको हत्या प्रयास
    सन् १९९५ मा क्यानडाका तत्कालिन प्रधानमन्त्री जिन क्रिटिनको हत्या प्रयास भएको थियो । एन्ड्रि डालियरले प्रधानमन्त्रीले असफल हत्या प्रयास गरेका थिए ।  

    भ्याटिकन सिटीमा बिस्फोट
    सन् १९४३ मा विश्वयुद्धको समयमा भ्याटिकन सिटीमा इटालीको लडाकु विमानबाट बम खसालिएको थियो । 

    मेजरले गोली चलाउँदा १३ को मृत्यु
    सन् २००९ को ५ नोभेम्बरमा टेक्सासको फोर्ट हुडस्थित सेनाको एउटा केन्द्रमा सेनाका मेजरले गोली चल्दा १३ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार