Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुल्मी प्रशासनबाट दुई हप्तामा साढे १३ सयले लिए नागरिकता


    बिहिबार, कार्तिक १८ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट दुई हप्तामा साढे १३ सयले नेपाली नागरिकता लिएका छन् । १ कात्तिकदेखि १६ सम्म मात्र १ हजार ३ सय ३९ जनाले नेपाली नागरिकता लिएका हुन्  । चार सय ७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

    साेही अवधिमा नौ सय ५० लाई राहदानीका लागि सिफारिस गरिएकाे छ भने चार सय ४७ जनाले राहदानी पाएकाे जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिलबहादुर थापाले जानकारी दिए ।

    प्रशासनले दैनिक सरदर ३० देखि ४० नागरिकता प्रदान गरिरहेकाे छ । 

    एक हजार एक सय ९४ ले राष्ट्रिय परिचयपत्र पाएका छन् ।  जिल्ला प्रशासनमा तीन प्रशासकीय अधिकृतकाे दरबन्दी रहे पनि उद्धव पन्थी मात्र छन् । बाँकी दुई अधिकृत पद रिक्त छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार