कृषि राज्यमन्त्री यादव र उनलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै प्रभु साहले लेखेको टिप्पणी ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।
आर्थिक अनियमिततामा संलग्न भएको आरोपप्रति जिम्मेवार हुनुको सट्टा आपराधिक रुपमा प्रस्तुत भएको भन्दै नेकपाले राज्यमन्त्री यादवको राजीनामा माग गरेको हो ।
शुक्रवार नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले सामाजिक संजालमार्फत् प्रदेश सरकार लकडाउनमा पनि भ्रष्टाचारमा व्यस्त रहेको आरोप लगाएका थिए । शनिवार राज्यमन्त्री यादवले प्रेस विज्ञप्तिमार्फत् अध्यक्ष साहलाई गालीगलौज गरी झुटा आरोप लगाएपछि नेकपाले उनलाई पदबाट हटाउन मुख्यमन्त्री लालबाबु राउतसँग माग गरेको हो ।
अध्यक्ष साहका स्वकीय सचिव विजय यादवद्वारा जारी वक्तव्यमा राज्यमन्त्री यादवको राजीनामा माग गर्नुको साथै मानहानी तथा साइबर क्राइमको मुद्दा चलाउन समेत ध्यानाकर्षण गराइएको छ ।
‘राज्यमन्त्री योगेन्द्र यादवले आज निकालेको प्रेस वक्तव्यको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा प्रदेश २ को अध्यक्ष प्रभु साहले हिजो सामाजिक सन्जाल मार्फत् प्रदेश–२ सरकारको कृषि मन्त्रालय अन्तर्गत व्यापक अनिमियता भइरहेको बिषय उठाउनु भएको थियो । यस सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनुपर्नेमा आज राज्यमन्त्रीले साहमाथि हत्यारादेखि भ्रष्टाचारीसम्मको तथानाम गालीगलौज गरी आफ्नो असली चरित्र छरलङ्ग पारेका छन्’ वक्तव्यमा उल्लेख छ, ‘प्रदेश २ का प्रमुख प्रतिपक्ष दलको प्रदेश अध्यक्षको हैसियतमा त्यहाँ भइरहेको गलत क्रियाकलापबारे प्रश्न उठाउँदा त्यसको जवाफ दिनु र सुधार गर्नुको सट्टा यसरी मानहानी एवं साइबर क्राइममै उत्रिनु दुर्भाग्य हो । यस्ता अपराधीलाई प्रदेश २ सरकारले तुरुन्त मन्त्री पदबाट हटाउन र कानुनी छानबिनमा सहयोग गर्न जरूरी छ ।’
अध्यक्ष साहले प्रदेशको कृषि मन्त्रालयको संलग्नतामै रौतहट लगायत प्रदेशभरीको कृषि ज्ञान केन्द्रमार्फत् आर्थिक अनियमितता भइरहेको भन्दै छानबिन गर्न ध्यानाकर्षण गराएका थिए ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend