Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा जनगणनाको अन्तिम तयारी, ८ सय ६ गणक खटिए


    बुधबार, कार्तिक १७ २०७८
    435
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ। दाङमा राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । दाङमा जनगणनाका लागि ८ सय ४ जना गणक खटिने भएका छन् । 

    सुरुमा ७ सय १६ जना गणकहरू आवश्यक पर्ने भनिए पनि बसोबास गर्ने नागरिकको संख्या बढी भएको हुँदा थप ९० जना गणक खटिन लागेको जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए । 

    उनका अनुसार तुलसीपुरमा १२८, घोराहीमा २४५, बंगलाचुलीमा २५, दंगिशरणमा २६, बबईमा ३४, शान्तिनगरमा ३३, लमहीमा ७२ जना गणक खटिने भएका छन् । राप्तीमा ७६ जना, गढवामा ९१ जना, राजपुरमा ३८ जना गणक खटिने भएका छन् । 

    जनगणनाका लागि सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिएको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिसकेका छन् । 

    अहिलेसम्म उनीहरूको २५ प्रतिशत काम सकिएको छ । अब गणकको कामलाई अनुगमन गर्ने, वडामा सामुदायिक प्रश्नावली भर्ने काम र अन्तिम फाइल बुझाउने काममात्र बाँकी रहेको पोखरेलले बताए । दाङसहित देशभर यही कार्तिक २५ गतेबाट जनगणना सुरु भएर मंसिर ९ गते सकिने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार