Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरमा बस्न नदिएको भन्दै छाेराले गरे बुवाको हत्या


    बुधबार, कार्तिक १७ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तुको विजयपुर गाउँपालिका-९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा विजयपुर-६ का २६ वर्षीय जयन पुन मगर र विजयपुर-९ का २४ वर्षीय मुकेश महरा छन् । मगर थापाका झड्केला छोरा हुन् ।

    ‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उनले दिएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने । थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयपुर-६ मा बस्दै आएका थिए । 

    थापाको कात्तिक ४ गते विजयनगर गाउँपालिका-५ बनगाईस्थित पोखरीमा शव फेला परेको थियो । प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो ।

    त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए । लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा शव फालेको प्रहरीले जनाएको छ ।

    दुबैलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको भण्डारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार