काठमाडाैं । चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् ।
लसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रूपमा उपलब्ध गराइसकेकाे छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्री पनि अनुदान सहायता स्वरूप उपलब्ध गराउँदै आएको समेत जानकारी दिए ।
चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप कोभिडविरूद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे ।
यस्तै, चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरूद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
उनले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन्।
राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरिन्।