Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कौडा खेलिरहेको अवस्थामा प्रहरीको छापा, तीन लाख नगदसहित १५ जुवाडे पक्राउ


    मंगलबार, कार्तिक १६ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी । सुनसरीको वराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् । 

    प्रहरीले गएराति साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

    पक्राउ पर्नेहरूमा वराहक्षेत्र ६ का ४८ वर्षीय अगम तामाङ, वराहक्षेत्र ८ का ४१ वर्षीय वसन्त राई, ६८ वर्षीय मदन घिमिरे, ४२ वर्षीय विनोद रौनियार, २८ वर्षीय सञ्जु श्रेष्ठ, ४६ वर्षीय भुवनप्रसाद धमला, ३१ वर्षीय प्रदमो साह हलुवाई, ३४ वर्षीय प्रदीप साह हलुवाई रहेका छन् ।

    यस्तै, ३० वर्षीय विजयकुमार साह, ४० वर्षीय जयनारायण मण्डल, ५९ वर्षीय खेमराज गौतम, ६० वर्षीय मुकुन्द अधिकारी, ३८ वर्षीय संयज साह, ४८ वर्षीय केशव दाहाल र ५४ वर्षीय टेकेन्द्र कार्की रहेको सुनसरी प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले नियन्त्रणमा लिएको हो । 

    पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार