Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भलादमी बनेर खाली सिटमा बसेका युवकले गरे रेलभित्रका यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण, १७ जना घाइते


    सोमबार, कार्तिक १५ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् ।

    चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए । 

    आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो । आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए । सामुहिक नरसंहार गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान सुरु भएको छ । 

    चक्कु आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ । कोयुरो स्टेशननजिकको रेलभित्र आक्रमण भएको टोकियो प्रहरीले जनाएको छ । 

    रेलमा आगो लाग्न थालेपछि तत्कालै अग्नि नियन्त्रक, प्रहरी अधिकारीले यात्रुहरुको उद्दार गरेका थिए । एक यात्रु शरिरमा लागेको आगोसहित रेलबाट बाहिर दौडिएका थिए ।

    आक्रमणकारीले प्याजी रंगको सुट र हरियो कमिज लगाएका थिए । सुरुमा उनी भलाद्मी बनेर एउटा खाली सिटमा बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार