खोटाङ।नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्ने बताएका छन् ।
शनिबार प्रेस संगठन खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले गठबन्धनले आगामी स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव समयमा सम्पन्न गराउने र सो चुनावमा मोर्चा बनाएर चुनाव लड्ने बताएका हुन् ।
पूर्वसांसद रहेका राईले गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनाव नलडे ‘प्रतिगामी शक्तिले फेरि टाउको उठाउन सक्ने’ सम्भावना औंल्याएका छन् । ‘यो गठबन्धनले आगामी निर्वाचन समयमा गराउँछ । त्यो निर्वाचनमा यो गठबन्धनले मोर्चा बनाएर चुनावको फेस गर्छ,’ राईले भने, ‘त्यो नगर्ने हो भने प्रतिगामी शक्तिले फेरि टाउको उठाउन सक्छ ।’ राज्यको खर्चको बचत, जनताको समयको बचतका लागि स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकै दिन गर्न पार्टीका तर्फबाट सुझाव दिइएको उनले बताए ।
अनुशासन आयोग प्रमुख राईले वर्तमान सरकार क्षणिक शक्ति र सत्ताको लागि नभै ‘समयको आवश्यकता र परिस्थितिको उपज’ स्वरुप बनेको बताए । मुलुकको संविधान लागु गर्नेक्रममा बाधा व्यवधान भयो, मुलुक पश्चगमनतिर जान लाग्यो, त्यसलाई रोकेर संविधानलाई क्रियासिल बनाउने, कार्यान्वयन गर्ने, मुलुकले प्राप्त गरेको पछिल्लो उपलव्धीलाई रक्षा गर्ने उद्देश्यका साथ गठबन्धन बनेको उनको भनाइ थियो ।
राईले खोटाङमा पनि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समावजादी र नेकपा (एकीकृत समाजवादी) एउटै मोर्चा बनाएर निर्वाचनमा जाने उल्लेख गरे । ‘पश्चगामी शक्तिविहीन खोटाङ बनाउने हाम्रो प्रतिबद्धता हो । मोर्चाले एउटै चुनाव चिन्हबाट चुनाव लड्नुपर्छ भन्ने प्रस्ताव छ । होइन एउटै चुनाव चिन्हबाट सम्भव हुँदैन भने पनि गठबन्धन निर्माण गरेर निर्वाचनमा जाने कुरा प्रष्ट छ,’ राईले भने, ‘केही समयपछि गठबन्धनका जिम्मेवार नेताको बैठक बसेर आगामी निर्वाचनमा एक भएर निर्वाचनमा जाने प्रतिबद्धता गर्दै धारणा सार्वजनिक गर्ने छौं । जिल्लाको विकास निर्माणमा साझा धारणा निर्माणको कोसिस गरिरहेका छौं । स्थानीय, प्रदेश र संघीय सरकारले के गर्नुपर्छ भन्ने विषयमा साझा धारणा तय गर्नेछौं । त्यही साझा धारणा आगामी निर्वाचनको स्थानीय घोषणा पत्र हुने छन् ।”
उनले आगामी सहकार्यको सुरुवात स्वरुप गठबन्धनका तर्फबाट बंशिलाघाटमा बेलिब्रिज राख्नका लागि भौतिक योजना मन्त्रालयमा संयुक्त निवेदन पेस गरिसकेको जानकारी दिए । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend