Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश जबरालाई बारको ५ दिने अल्टिमेटम: राजीनामा नदिए विरोधका थप कार्यक्रम गर्ने


    शुक्रबार, कार्तिक १२ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेकाे बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो । 

    तर, बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

    अधिवक्ताहरूलाई कालो पट्टी बाँधेर बहसमा सहभागी हुन बारले आग्रह गरेको बारले भद्र अवज्ञा गर्दै बहसमा सहभागी हुने बारले निर्णय गरेको  हाे ।

    कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघाेषित बहिष्कार गर्दै आएका छन् । उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वाेच्चमा बहस बहिस्कार गरेको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार