Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ


    बिहिबार, कार्तिक ११ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । प्रहरीले स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका -३का ३४ वर्षीय उमेश साह रहेका छन् ।

    साहलाई बिराटनगर महानगरपालिका वडा नं.-१८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० न. को स्कुटर चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता दीपक श्रेष्ठका अनुसार पक्राउ परेका उनीहरुलाई आवश्‍यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार