Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतद्वारा ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल परीक्षण


    बिहिबार, कार्तिक ११ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतले अग्नी–५ मिसाईलको सफल परीक्षण गरेको छ ।

    उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ । 

    मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले बिकिसत गरेको थियो ।

    अन्तरमहादेशीय व्यालेष्टिक मिसाईल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ । 

    जुनमा भारतले अग्नी प्राइम मिसाइल परीक्षण गरेको थियो । आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ । 
     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार