Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • महोत्तरीको पुनः मतगणना परिणाम: पार्टीले स्वीकार्यो, उम्मेदवारको आपत्ती


    सोमबार, कार्तिक ८ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • महोत्तरी । मनरा सिस्वा नगरपालिका–५ मा भएको पुनः मत गणनाप्रति कांग्रेसबाट विजयी वडा अध्यक्ष अरुणकुमार चौधरीले आपत्ती जनाएका छन् । स्वतन्त्र उम्मेदवार रमेश रायले दुई सय ६७ मतको दावीसहित मुद्दा दायर गरे पनि दुई सय  ६८ मत कसरी आयो भन्नेमा चित्त नबुझेको उनले बताएका छन् । उनले कानुनी उपचार खोज्ने बताएका छन् ।

    स्वतन्त्र उम्मेदवार रायले दुई सय ६८ मत अर्थात कांग्रेसबाट विजयी हालका वडा अध्यक्ष अरुणकुमार चौधरीले दुई सय ६६ मत मात्र ल्याएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार रमेश रायले चौधरीको भन्दा दुई मत बढी ल्याएर विजयी भएका छन् । तर आयोगले मतगणनामा पक्षपात गरेको भन्दै उक्त मत परिणामलाई स्वीकार गर्न नसकिने चौधरीको अडान छ । ‘रायले ल्याएको भनिएको दुई सय ६८ मतमाथि प्रश्न चिन्ह खडा हुन्छ । कानुनी उपचार खोज्ने बारे छलफल भइरहेको छ । यो परिणाम कुनै पनि हालतमा स्वीकार्य छैन,’ चौधरीले भने ।

    २ असोज ०७४ भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको दुई सय ६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको दुई ६७ मत आएकोमा निर्वाचन अधिकृतले चौधरीको तीन वटा बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो । 

    निर्वाचन आयोगले गोलाप्रथाद्वारा कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीलाई विजयी भएको घोषणा गरे पनि स्वतन्त्र उम्मेदवार रमेश रायले आफ्नो अनुपस्थितमा विजयी घोषणा गरेको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

    ६ चैत ०७७ उच्च अदालत जनकपुरको आदेशलाई सर्वोच्चले सदर गरिदिएकोमा कोरोना महामारीका कारण मतगणनाको मिति तय हुन सकेको थिएन । उच्च अदालत जनकपुरको इजलास नम्बर २ बाट न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले ७ कात्तिक ०७८ बिहान ११ बजेका लागि मतगणनाको मिति तोकेको थियो । 

    यस्तो छ कांग्रेसको भनाइ 
    सर्वोच्च अदालतको फैसला र मतगणनापछि आएको परिणामलाई कांग्रेसले भने स्वागत गरेको छ । चार बर्षपछि भए पनि स्वतन्त्र उम्मेदवार रमेश रायले न्याय पाएको भन्दै कांग्रेसले स्वागत गरेको हो ।

    महोत्तरीका नेता तथा कांग्रेसका केन्द्रीय सदस्य चिरञ्जीवी हमालले अदालतले गरेको फैसलालाई अरुण चौधरीले समेत स्वीकार गर्नुपर्ने बताए । यसैगरी, जनप्रतिनिधिहरूले समेत मत परिणाम अदालतको निर्देशनअनुसार नै भएको र यो बिषयमा आफुहरूले केही बोल्न नमिल्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार