Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक: तीन सुरक्षा अधिकारीको जिम्मेवारी खोसियो


    सोमबार, कार्तिक ८ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।

     प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

    गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।

    सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार