Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारले दुई लाख दिने


    बुधबार, कार्तिक ३ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले बाढीपहिरोमा एकजना गुमाएका परिवारलाई दुई लाख, दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

    बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो । 

    बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार