Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिममा पहिरोमा परी ३ को मृत्यु, २ घाइते


    मंगलबार, कार्तिक २ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुदूरपश्चिम । सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन् ।

    ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार आइतबार राति आएको वर्षातका कारण सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको हाे । 

    यस्तै, मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो ।

     

    प्रदेश प्रहरीका कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका-१ मा गएको पहिरोमा परी घाइते भएको अरू २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

    यसैगरी, गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। उनको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार