Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • २७२ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु, ७७७ जना डिस्चार्ज


    शुक्रबार, असोज २९ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७७७  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ०९२  पीसीआर परीक्षणमा २४० र २ हजार २६०  एन्टिजेन परीक्षणमा ३२ जना गरी २७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार भने सोही समयमा ८ जनाको मृत्यु भएको छ । हाल देशभर १२ हजार २५० जना होम आइसोलेसनमा र १,०५८ जना होम आइसोलेसनमा छन् ।

    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २७७ पुगेको छ।

    यसअघि हिजो बिहीबार ४५५ जनामा संक्रमण पुष्टि हुँदा ८०४ जना डिस्चार्ज भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार