Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • दशैँ पर्वले राष्ट्रिय एकता अझै बलियो हुँदै जानेछ : उपराष्ट्रपति पुन


    शुक्रबार, असोज २९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

    नेपालीहरुको महान् चाड बडादसैँं–२०७८ का अवसरमा देशविदेशमा रहनुभएका हिन्दू धर्मावलम्बीलगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

    ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो’, सन्देशमा भनिएको छ, ‘हाम्रो देश विविधतायुक्त भाषा, धर्म, संस्कार–संस्कृतिले अत्यन्त भरिपूर्ण छ । संविधानले सबै धार्भिक, सांस्कृतिक, भाषिक समुदायलाई आफ्नो धर्म, संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।’

    उनले देशमा मनाइने सबैखाले धार्मिक तथा सांस्कृतिक चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारालाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताएका छन् । बडादसैँको यस पावन पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने उनले विश्वास पनि व्यक्त गरेका छन् ।

    ‘नेपाली जनताको लामो सङ्घर्षबाट देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका छन् ।

    ‘यी उपलब्धीलाई संस्थागत गरेर नयाँ संविधान बनेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा अग्रसर छ’, उपराष्ट्रपतिको शुभकामनामा भनिएको छ, ‘यसबीचमा संविधानको पालन र राजनीतिक स्थायित्वमा केही चुनौती सृजना भए पनि मुलुक लयमा फर्किएर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको छ ।

    बडादसैँले राजनीतिक स्थायित्व, संविधानको पालन, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रूपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने अपेक्षा लिएको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार