Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते


    मंगलबार, असोज २६ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

    मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दुर्घटना भएको हो ।

    जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

    घाइतेहरूको अवस्था सामन्य नै रहेको चन्दले बताए । बस सडक छेउमै पल्टिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार