Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोल्पामा एक पुरुषको घाँटी रेटी हत्या


    सोमबार, असोज २५ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

    घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा पाइएको प्रनानि सुवेदीले जानकारी दिए ।

    घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रनानि सुवेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।

    बुढा नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता भएको नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोरकुमार आचार्यले बताए । गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए ।

    श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएकाे बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार