Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री आलेसँग भएको सहमतिपछि खोलियो निगमको ताला, कर्मचारीले फिर्ता लिए आन्दोलन


    सोमबार, असोज २५ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाल वायु सेवा निगमका कर्मचारीहरुले नेवानीमा लगाएको ताला  खोल्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेसँग भएको सहमतिपछि कर्मचारीले नेवानीमा लगाएको ताला खोल्न भएका हुन् ।

    निगमका महाप्रबन्धक हटाउन माग गर्दै आन्दोलन गरिहेका कर्मचारीहरु र मन्त्रीबीच सोमबार समस्याको कानून सम्मत् समाधान गर्ने सहमती भएको छ ।पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका प्रेम आलेले चार महिनादेखि आन्दोलित नेपाल वायू सेवा निगमका कर्मचारीहरुलाई वार्तामा ल्याएसँगै आन्दोलन तोडिएको छ ।

    नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलन जायज रहेको भन्दै नेवानीमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार