Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा प्रदेश २ का अध्यक्ष यादव र मुख्यसचिव झाले किन दिए पदबाट राजीनामा ?


    आइतबार, असोज २४ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । जनता समाजावदी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादव र मुख्यसचिव शम्भु झाले पदबाट राजीनामा दिएका छन् ।

    पार्टीको एक व्यक्ति एक पद अवधारणा अन्तर्गत उनले प्रदेश अध्यक्ष पदबाट आइतबार राजीनामा दिएका हुन् । 

    यादव पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री यादव आइतबार नै पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएका हुन् ।

    यस्तै जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले राजीनामा दिएका छन् । उनले पनि मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजीनामा दिएका हुन्।

    जसपा पार्टीमा काम गर्नै आफूमा योग्यता र क्षमता नभएकोले प्रदेश मुख्यसचिवलगायत पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको झाले बताएका छन् ।

    जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झाले आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताए । ‘म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋृणी रहिरहनेछु’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार