Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिबन्धित लागुऔषधसहित तीन युवक पक्राउ


    आइतबार, असोज २४ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लहान । प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमारलाई पक्राउ गरेको हो ।

    बिआर३२एजी ५५११ नंको मोटरसाइकलमा सवार तीनै जनालाई जाँच गर्दा नाइट्रोभेट नामक लेखिएको १० पत्ता (३०० ट्याबलेट) लागुऔषध बरामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार