बुटवल । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।
बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।
घाइतेमध्ये एक जनाको टाउको र एक जनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।
लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यका अनुसार घाइतेहरुलाई अस्पताल पठाइएकाे छ ।