काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
शीतल निवास स्राेतका अनुसार प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न केही बेरअघि शीतल निवास पुगेका हुन् ।
मन्त्रिपरिषद् विस्तारका बारेमा छलफलका लागि राष्ट्रपतिसँग भेटवार्ता हुन लागेको हो । बालुवाटार स्रोतले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई नियमित भनेको छ ।