Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज नवरात्रीको दोस्रो दिन,विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै


    शुक्रबार, असोज २२ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैंको दोस्रो दिन आज (शुक्रबार) पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं शुरु भएको हो ।

    नवरात्रको अवधिमा वैदिक विधिपूर्वक घटस्थापना गरी नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ । नवरात्र पर्वको दोस्रो दिन आज माता ब्रह्मचारिणीको पूजा–अर्चना गरिन्छ । यो दिन मातालाई शख्खर र पंचामृतको भोग लगाउनाले दीर्घायूको आशीर्वाद प्राप्त हुने जनविश्वाश छ ।

    ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचरण वाली भन्ने हुन्छ । यस प्रकार ब्रह्मचारिणीको अर्थ तपस्याको आचरण गर्ने भन्ने बुझिन्छ । ब्रम्हचारिणीको दाहिने हातमा जप को माला एवं बायाँ हातमा कमण्डल रहन्छ । नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार