Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरपालिकाले भोलि भेरोसेलको पहिलो मात्रा खोप दिने


    बिहिबार, असोज २१ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ ।

    महानगरपालिकाले सूचनामार्फत जानकारी दिंदै भाेली काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने बताएकाे छ ।

    ३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

    बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।

    हेर्नुस् सूचना

     

    release_2_yADMW5Y3PX.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार