Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानमा ५.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १८ जनाको मृत्यु, १५० बढी घाइते


    बिहिबार, असोज २१ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ।

    उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा देखिन्छ।

    प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए।

    मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। कम्तीमा १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

    तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। बलोचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाह लङ्गुले प्रभावित क्षेत्रमा आपत्‌कालीन सेवा शुरू गरिएको बीबीसीले उल्लेख गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार