काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती खोलाको किनारामा एक महिलाको शव फेला परेको छ ।
बिहीबार बिहान बानेश्वर क्याम्पस नजिकै रहेको खोलामा एक महिलाको शव अर्ध नग्न अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शव बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । यसबारे थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत बानेश्वरको टोली घटनास्थलमा पुगेको बताइएको छ।
घटनाबारे थप रिपोर्ट आउन बाँकी छ।