Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को कीर्तिमान, भिल्लारियलमाथि युनाइटेडको जित


    बिहिबार, असोज १४ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले भिल्लारियललाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा युनाइटेडले भिल्लारियललाई २–१ गोलले पराजित गरेको हो।

    घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाइटेडले संघर्षपूर्ण जित निकालेको हो । खेलको ५३ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा एलेक्स टेलसले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

    त्यसपछि खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए । यस खेलसँगै रोनाल्डो सर्वाधिक धेरै च्याम्पियन लिग खेल खेल्ने खेलाडी बेनका छन् ।

    रोनाल्डोको यो १ सय ७८ च्याम्पियन्स लिग खेल हो । यसअघि  इकर क्यासिलासले १ सय ७७  खेल खेलेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार