Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयर महर्जनको दादागिरी: हजारौ सदस्य रहेको संस्थाको प्रवेशद्धार बन्द, मेयरमाथि कारबाहीको माग


    सोमबार, असोज ११ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको दादागिरीले चरम सिमा नाघेको भन्दै तत्काल मानहानी मुद्धा दायर गर्न शेयर सदस्यले दबाब दिएका छ ।

    आज बिहान मेयर महर्जनको निर्देशनमा श्री लालीगुराँस बहुउद्देश्यीक सहकारी संस्थाको पुल्चोक स्थित मुख्य कार्यालयको प्रवेशद्धारनै बन्द गरेपछि मेयरको दादागिरी विरुद्ध शेयर सदस्यले दवाब दिने भएका छ । उच्च र सर्वोच्च अदालतमा विचाराधिन मुद्धाको किनारा नलाग्दै मेयर महर्जनले संस्थाको प्रवेशद्धार नै बन्द गरी समय फल्चा पाटी बनाउन खोजेपछि विवाद चर्किएको हो ।

    प्रमुख जिल्ला अधिकारीको निर्देशन विपरित महर्जनको नृतृत्वमा बिहान संस्थाको मुल गेट र फुटपाथमा समेत जस्ताले घेराबारा गरेका छन् । दशैको मुखमा रकम निकाल्न संस्थाको मुख्य कार्यालयमा पुग्दा मेयरको निर्देशनमा मुलद्धार नै बन्द भएपछि शेयर सदस्य आत्रलोहित भएका छन् । शेयर सदस्य सुदन श्रेष्ठले संस्था व्यक्तिका नभै हजारौ जनताको भएकोले बन्द गर्नुगलत भएको बताउनुभयो ।

    यो त अति भयो अब मेयर महर्जन विरुद्ध मानहानी मुद्धा गर्नुको विकल्प नभएको शेयर सदस्यको भनाई छ । फल्चा कहा र कहिले पुननिर्माण भएको थियो भन्ने विषयमा एकिन जानकारी छैन । पुरातत्व विभागले सो पाटीलाई पुरातात्विक महत्वको भनी प्रमाहिणत गरेको छैन । तर मेयर महर्जनले आउन लागेको स्थानीय निर्वाचन लक्षित भन्दै संस्थाको ढोका नै बन्द हुनेगरी फल्चा बनाउन लागेका छन् ।

    सार्वजनिक जग्गामा पाटी बनाउने विषयमा परेको मुद्धा बिचारधिन रहेको अवस्थामा गुण्डागर्दी शैलीमा एकाबिहानै घेराबार गरेपछि मेयर बिरुद्ध शेयर सदस्यले आक्रोस व्यक्त गरेका छन् । स्थानीय टोल सुधार समितिको नाममा आज बिहान करिब साढे ४ बजे सरकारी मापदण्ड भित्र पर्ने बाटो र फुटपाथमा पाटी बनाउन भन्दै मुलद्धार नै बन्द मेयर महर्जनको निर्देशनमा भवनको मुलद्धारबन्द गरेपछि सबै कर्मचारी मेयरकोकार्यकक्ष घेरा उगर्न पुगेका छन् ।

    जिल्ला अदालतले सडक पेटीको मापदण्डलाई असर नपर्नेगरी निर्माण गर्न स्वीकृत दिएको थियो । तर मेयर महर्जनले अदालतको आदेशको अपहेलान गर्दै छापामार शैलीमा मुल गेटनै बन्द गर्न निर्देशन दिएका छन् ।

    मेयर महर्जनले २०३८ सालमा आफु वडा अध्यक्ष हँुदा पाटी थियो कि थिएन भन्ने विषयमा हेक्का राखेका थिएनन । उल्टै कानुनको धज्जी उडाएर लाखौ जनताको कारोबार हुने संस्थामा मुल गेट बन्द गराएका छन् । महानगरपालिकाकै मापदण्ड अनुसार बनेको सो भवन नक्सा विपरित भएको भन्दै बखेडा झिक्न थालेको मेयर महर्जनले संस्थाको कुनै कागजात अध्ययन गरेका छैनन । तत्कालिन ललितपुर उप–महानगरपालिकाको २०६८ सालमा बसेको बोर्ड बैठकले सो स्थानमा पाटी बनाउन नमिल्ने निर्णय गरेको थियो ।

    यसअघि मेयर महर्जनले महानगरपालिकाको सिङगो कार्यपालिका, पार्टी र जनताको साथ नलिइकनै एकलौटी रुपमा शिलान्यास गरेका थिए । सर्वोच्च अदालतको हवाला दिने महर्जनले सर्वोच्चको आदेशमा फुटपाथ र सडकलाई बाधा नपर्ने गरी पाटी बनाउने विषय उल्लेख छ ।

    मेयरका कामप्रति सोही वडाका वडा अध्यक्ष श्रीगोपाल महर्जन समेत सहमत छैनन । उनको एउटा मात्र भनाई छ पहिला पाटी कहाँ थियो उत्खनन गर्नुपर्छ । पाटी छ भने जस्तो छ त्यस्तै बन्नु पर्छ । सडक विभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने उल्लेख छ । ,काठमाडौ उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्द्र रेखाबाट ११÷११ मिटर स्थायी संरचना निर्माण गर्न नपाईने उल्लेख थियो ।

    सो बैठकले कित्ता नम्बर ३२७ सडक सिमाभित्रै रहेको देखिएकोले उक्त कित्तामा कुनै निर्णय गर्न नेपाल सरकार रऐनले तोकेको अन्य प्रचलित कानुन अनुसार सम्बन्धित निकायबाट स्वीकृत लिनुपर्ने कानुनी राय समेत प्राप्त भएको र नेपाल सरकारबाट स्वीकृत प्राप्त भएको समेत नदेखिदा सो स्थानमा पाटी निर्माण गर्न अनुमति दिन नमिल्ने र समय फल्चा पाटी पुनःनिर्माण समितिको राय माग अनुसार आर्थिक सहयोग समेत दिन नमिल्ने निर्णय गरेको थियो ।

    साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अघि बढाएका हुन । सो आदेशमा मुल सडक र पैदलमार्ग यथावत कायम रहने गरी अर्थात सडक मापदण्ड विपरित नहुनेगरी निर्माण गर्न मिल्ने उल्लेख थियो । तर सो पाटी मुल सडकको ११ मिटरभित्र पर्छ ।

    जहाँ  अहिले बटुवा हिड्ने गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय ललितपुर ,सडक विभाग र नापी कार्यालयले सडक मापदण्डभित्र पर्ने सो स्थानमा पाटी बनाउन नहुने पत्र महानगरपालिकालाई पठाएको थियो । सर्वोच्चले दिएको आदेश, जिल्ला प्रशसन कार्यालयको पत्र र भुमी व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका पत्रको वेवास्ता गरेका छन्। सडक डिभिजन ललितपुरले ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११÷११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले सो स्थानमा पाटी बनाउन नमिल्ने उल्लेख छ ।

    सडक डिभिजनले निर्णय अवज्ञा गरे सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिनसमेत चेतावनी दिएको छ । तर मेयर महर्जनले दलबल सहित बिहीबार पाटी शिलान्यास गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार