Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षा मन्त्रालयलाई संसदीय समितिकाे प्रश्न: मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ?


    आइतबार, असोज १० २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखराको मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ? भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोधेको छ ।

    भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको मणिपाल शिक्षण अस्पताल बतास समूहले किनेकाे भन्ने खबर आइरहेको भन्दै समितिले किनबेचको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

    आइतबार बसेको समितिको बैठकले मणिपालको शेयर किनबेचको सम्झौता उपलब्ध गराउन र बेचविखन भएको हो वा होइन जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

    भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको मणिपाल पोखराका दुई व्यवसायीले किनेको सार्वजनिक भएको थियो । 

    शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ बेचबिखन भन्ने आइरहेको छ त्यो के हो ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार