Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जब व्यापारीको मृत्युमा रुनका लागि बलिउड कलाकार चंकी पाण्डेलाई गरियो लाखौं रुपैयाँकाे अफर….


    आइतबार, असोज १० २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । फिल्मी दुनियाँका कलाकार विवाह, ब्रतबन्ध, वैवाहिक वर्षगाँठ, जन्मदिनजस्ता कार्यक्रममा उपस्थित भएको देख्नुभएकै होला । यस्ता कार्यक्रममा उनीहरुले कतिपटक त प्रस्तुती पनि दिने गर्छन् । यसका लागि उनीहरुले मोटो रकम असुल्ने गर्छन् । तर कहिल्यै कलाकारलाई कसैको मृत्युमा सरिक भइदिनुपर्यो भनेर निमन्त्रणा पनि आउँछ भन्ने तपाईंलाई थाहा छ  ? सुन्दा अचम्म लाग्ला तर यो कुनै नौलो कुरा भने होइन । बलिउड कलाकार चंकी पाण्डेले पनि यस्तै निमन्त्रणा पाएका थिए । चंकी पाण्डेको जन्मदिन (२६ सेप्टेम्बर १९६२) को मौकामा उनीसँग सम्बन्धित रोचक किस्साबारे जानकारी लिऔं ।

    कुरा सन् २००९ को हो जब एक व्यापारीको परिवारले उनलाई फोन गरे । उनीहरुले चंकीलाई आफ्नो परिवारको सदस्यको अन्तिम संस्कारमा समावेश हुनका लागि निमन्त्रण दिएका थिए ।

    भारतीय सञ्चार माध्यमसँगको एक अन्तरवार्तामा उनले यसबारे जानकारी दिएका हुन् । उनले भनेका थिए, ‘उनीहरु चाहन्थेँ कि मैले त्यहाँ गएर रोना–धोना गरुँ र त्यसपछि अन्तिम संस्कारमा चुपचाप एउटा कुनामा उभिरहूँ । उनीहरु घरमा आएका पाहुनामाथि प्रभाव पार्न चाहन्थे । उनको परिवारले फिल्ममा पनि लगानी गरेका छन्, कतिजनासँग लिएको उधारो रकम तत्काल चुकाउन सक्दैनन्  भनेर देखाउन खोजेका थिए ।’

    चंकी पाण्डेलाई यो अन्तिम संस्कारमा समावेश हुनका लागि पाँच लाख भारुको अफर गरिएको थियो । तर चंकीले उक्त अफर तत्काल अस्वीकार गरे । यसबारे उनले भनेका थिए, ‘एउटै ठाउँमा उभिरहनका लागि पाँच लाखको अफर कुनै सानो होइन । तर म यस्तो काम गर्न सक्दिनथेँ ।’

    चंकीले त उक्त प्रस्ताव अस्वीकार गरे तर आफ्नो परिवारको स्थितिलाई मध्यनजर गर्दै उनले आफ्नो साटो अर्का एक व्यक्तिलाई पठाएका थिए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार