Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूकेमा ट्रक चालकको अभाव, आप्रवासन नियम फेरेर चालक झिकाइँदै


    आइतबार, असोज १० २०७८
    555
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । यूकेमा विदेशी लरी (लामो किसिमको ट्रक) चालकहरूलाई सहजै अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न मिल्ने योजनाको विस्तृत विवरण आइतवार सार्वजनिक गरिँदैछ । आप्रवासन सम्बन्धी नियममा गरिने कुनै पनि परिवर्तन सीमित समयका लागि हुनेछ र प्रवेश अनुमति दिइने कामदारको सङ्ख्यात्मक सीमा तोकिनेछ।

    करिब ५ हजार प्रवेशाज्ञा जारी हुनसक्ने बुझिएको छ । लरी चालकहरूको अभावले यूकेमा इन्धनको आपूर्तिलाई प्रभावित पारेको छ जसका कारण पेट्रोल पम्पहरू बन्द भएका छन् र लामो लाइनहरू लाग्नुपर्ने अवस्था छ।

    रोड होलेज एसोसिएसनले यूकेमा लगभग १ लाख ठूला सवारी साधनहरूका लागि चालकको अभाव रहेको अनुमान गरेको छ। महामारी र ब्रेक्जिटका कारण अवस्था थप जटिल भएको उसको भनाइ छ।

    सरकारी र उद्योगीहरूले ‘रिफाइनरी’हरूमा इन्धनको अभाव नरहेको भन्दै मानिसहरूलाई आत्तिएर खरिद् नगर्न अनुरोध गरेका छन्। सैनिक व्यक्तिहरूलाई छोटो अवधिका लागि चालकका रूपमा खटाउने कुनै योजना नरहेको भनिएको छ।

    तर, ठूला सवारी साधन चलाउने चालकहरूको अभावले पेट्रोल, खानेकुरा र अरू सामग्रीको आपूर्तिलाई थप अप्ठेरो बनाउनसक्ने भने देखिन्छ। बीबीसीको सहयोगमा 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार