Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जलवायु परिवर्तनमा नेपालसँगै अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि चाहन्छौँ : देउवा


    शनिबार, असोज ९ २०७८
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

    संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६ का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वको) प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यही रुपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हुनुपर्ने अपेक्षा राखेका छन् ।

    प्रधानमन्त्री देउवाले जलविद्युत्, वन क्षेत्रलगायत अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पारे । उनले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रियरुपमा सम्बोधन हुनुपर्ने बताएका थिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार