Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालबालिकाकाे लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ, दशैं अघि नै आउछ: मन्त्री श्रेष्ठ


    शुक्रबार, असोज ८ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

    आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताए ।

    बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

    आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ, उनले भने।

     

    यस्तै, फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताए। भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए।

     

    •  
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार