Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?


    बुधबार, असोज ६ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।

    गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरका अनुसार नेपालतर्फ विभिन्न सामान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट भएपछि उनीहरूले एक्कासि ढुंगामुढा गरेका थिए ।

    एसपी ऐरका अनुसार तस्कर समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर ३०÷४० मिटरनजिकै भारतीय भूमि भएकाले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास सफल भएन । त्यसपछि सशस्त्र प्रहरीले सोको जानकारी एसएसबी र भारतीय प्रहरीलाई दिएको थियो । त्यसपछि भारतीय सुरक्षाकर्मीले सो घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जानकारी नेपाल पक्षलाई दिएको छ ।

    भारतीय तस्कर समूहले डिउटीमा रहेका सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको यो नै पहिलोपटक होइन । ३१ जेठ २०७७ मा पनि भारतीय टोली र सशस्त्र प्रहरीबीच सर्लाहीको नारायणपुर नाकामा झडप भयो । त्यसदिन अवैध रूपमा नेपाल पस्न खोजेका थोरै संख्याका भारतीयलाई रोक्न खोज्दा केही क्षणमै भेला भएका सयौं भारतीय व्यापारी सशस्त्र प्रहरीमाथि जाइलागेका थिए । प्रतिकारस्वरूप सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीयको मृत्यु भयो भने तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भए ।

    यसअघि सोही वर्षको १८ जेठमा पनि जिल्लाको विष्णु गाउँपालिका–२ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि ठूलो संख्यामा आएका भारतीय व्यापारीहरूले आक्रमणको प्रयास गरेका थिए । त्यतिखेर पनि उनीहरूले सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । तर, सशस्त्रले हवाइफायर गरेर भिड तितरबितर बनाएको थियो । राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार