काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएकाे छ । आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुनेछ ।
दलहरुबीच सहमति भएमा सम्भवत: आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ । सांसदहरले बजेटमाथि संशोधन राख्न पाउँछन् ।
राष्ट्रिय सभा सदस्यहरुलाई विधेयकमाथि खर्च कटौतीको प्रस्ताव समेत राख्ने सुविधा हुन्छ । सांसदले यस्तो प्रस्ताव राखेमा त्यसमाथि पनि छलफल हुनेछ । त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउने छ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि विधेयक कार्यान्वयनमा आउने छ । त्यसपछि मात्रै सरकारले खर्च गर्न पाउने छ ।