काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमाफिलिपिन्सको सामना गरेको थियो। तर, उक्त खेलमा नेपाल २-१ ले पराजित भएको थियो।
समूह एफ मा रहेको नेपाललाई एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।
यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।