बुटवल । पहिराे अवलाेकनका लागि गएका बुटवलका मेयर शिबराज सुबेदीमाथि हातपात भएको छ ।
सोमबार पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।
गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।
यस्तै, पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो ।
पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुवँरले बताए ।
भिडियाे हेर्नुहाेस् ।