काठमाडौं । गायन ,मोडलिङ तथा कम्पोजमा दख्खल भएका एलेन मगरले लोक लयमा गाइएको गीत ल्याङ ल्याङ बजारमा ल्याएका छन् । लोक लयमा गाइएको यस गीतमा गायिका बिन्दु परियार र गायक सालिल सुन्दर तुलाधारको स्वर रहेको छ ।
यस गीतको शब्दरचना दिनेश सुवेदीले गरेका छन् । त्यस्तै यो गीतको निर्देशन एकान्त मगरले गरेका छन् भने छायाँङ्कन उत्सव दाहालले गरेका छन् । यस गीतका संगीतकार दिपक शर्मा हुन् ।
यस गीतको भिडियो छायाङकन ग्रामिण भेगमा गरिएकोले गीत र भिडियो दुबैले दर्शकको मन जित्न सफल हुने एलेन मगर बताउँछन् । ‘ल्याङ ल्याङ’ गीतको म्यूजिक भिडियो सि के मोशन पिक्चरको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा सार्बजनिक गरिएको छ ।